Jump to content

Page:Shakuntala.pdf/35

From Nepali Proofreaders
Revision as of 00:27, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम्‌ चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले । अधर फर्फर भै त्राषिका चले ॥ (६३) मधुर कम्बरमा कर कोमल । कुसुमतुल्य दिईकन लच्किँदै ॥ चपल चाँप सजीकन नर्तन । लिन तयार भइन्‌ मृदुलाधरा ॥ (६४) यदि यथार्थ खुलासित लेखियोस्‌ । तब बयान हुँदा अनी धनी ॥ अवनितर्फ कुबेर ॥ “म छ गरीब” भनीकन धाउँथे ॥ (६५) धवल जाँघ थिए कदलीदल । रहरका रसिला अलि पेशल ॥ मधुर मसृण मादकता भरी । दुद हिले हलुका हँसिला खुली ॥ (६६) पयर छम्छम 'चन्छ कला-लघु- म उपमा कुन चीजविषे लगूँ ? मददनका वनमा गुनकेसरी । पहिरिने कि त काश्मिरमा परी- तिर कुनै तुलनापदमा पुगूँ ? (६७)