Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/277

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(३३)
बिकम्बा ती सबै जम्बा मेघझैँ हुन्हुनाउँदै
घुम्न थाले जथाभाबी मानू हर्ष मनाउँदै

(३४)
सप्रेका पात-तरुमा पाकेका फलझैँ गरी
टीँ टीँ आवाजका साथ गिर्न लागे उसै घरी

(३५)
बाबु मर्यो भने(फेरि) छोरा नाति पनि मरे
कन्दराको कुनै मानू लुटेरा फौजझैँ झरे

(३६)
लगाई छातिमा लात्ती तीखा दाह्रा धसी अति
चुसी चुसी पिए सारा रक्त-धारा मिले जति

(३७)
उठी क्रोध पिठो पारूँ भनी बाँधी कडा मुठी
 पिटेँ पटापटी फेरी किटी दाँत कटाकटी

(३८)
चोट मेरो छली चट्ट झट्ट भागे अली पर
चोटले आफनै अङ्ग बन्यो चौपट्ट जर्जर

(३९)
यता हाने उता जाने कानैमा फेरि नाचने
नहाने रगतै खाने कसोरी हो नि बाँचने