(४)
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो
कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो
एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो
मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो
(५)
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो
संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो
बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो
यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो
(६)
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो
आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो
सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी
लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी
(७)
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ
ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ
विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको
दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको
Page:Lalitya bhag 1 ra 2.pdf/269
Appearance
This page has not been proofread
