Jump to content

Page:Shakuntala.pdf/243

From Nepali Proofreaders
This page has not been proofread

लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढघदब्गै ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)

प्रसूनको लाल धुलो कृटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन्‌ फूल झै ऐौशिर काललाई ॥
(४०)

सलक्क राम्री सुकमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन्‌ कि झै छन्‌ घर जानलाई ॥
(४१)

खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अन छन्‌ चररिंकदी भूषणादि ॥
(४२)

बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दुग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
(४३)

औँठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला, ।
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर्‌ गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
(४४)