This page has not been proofread
(७)
राति फाँटभरमा कुहिराको
राश लाग्दछ घोर मजाको ।
हेरदा शिखरबाट बिहान
देखिने सब कपास-समान ॥
(८)
मानियो सरस चाड तिहार
तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
पाठ घोक, पहिला तिमी होऊ ॥
(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो । -लेखक)