This page has not been proofread
(ख)
(१)
छोरी उसकी 'तूनी'
रानी सेपेर्नी ।
हेलम्बूका जून झैँ
हिमाल हिउँमनि ।
म्यामलङ्गो सुन झैँ
फागुन दिनमनि ।
(२)
कलकलाउँदो सलमल
रेशम मुना झैँ ।
बास आउने फूलकी
बैँसे-दुना झैँ ।
धौलागिरि छोप्ने
बादल बुना छैँ ।
अप्सराकी मूर्ति-
नन्दन कुना झैँ ॥