१९५"छ षोडशा वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै यृवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हुदयलाइ लाग्छन् कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥
(१५४)
भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति करा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी ।
बढी अप्रकता बन्यो" सखि अगाडि भन्छिन् तिनी, ॥
(१५५)
"अताइदिनु यो करा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सन म1 बुझ्छ यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर धोर
मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनुँ %ै गरी ॥
(१५६)
"थियो दिवस के सखी कसुमकालको सृन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कसुमी गरी मदन डुल्दथै कि ? वन ॥"
(१५७)
म्स्क्क दुइ ओठले शरमसाथ बोले करा ।
बढयो शरम लाल भै तर लुकाउँछिन् ती बरा !
"बुझे अन बुझे" भनी रँग गुलाबका दीकन ।
करा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥
(१५८)
बनीकन न फुक्छ त्यो तर नुझिन् सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरहयौ कि लाटी बनी ?"
(१५९)
Page:Shakuntala.pdf/201
Appearance
This page has not been proofread
