Jump to content

Page:Shakuntala.pdf/196

From Nepali Proofreaders
This page has not been proofread

सबै अधर बोल्दछन्‌ कसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन्‌ 'दौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)

पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)

जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्नै गरी ॥
अनेक दिलका करा अरु खुलस्त पार्ने ढँग ।
सने युवति जान्दछन्‌ तर हरे ! तिमी मूक छौ ॥
(१२६)

छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा पोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के नुझ्‌न्‌ ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन्‌ छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)

उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन्‌ रुन्फन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । .
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)

सुमूर्ख शरमाउँदी कति सुखी मुधी र लाटी तिमी ।
न बोल्न पनि विरह मूक नन्नू भुनी ॥
छ खोज्नु भैंवरा यहाँ मह दिएर लट्रुचाउनु ।
सिँगार गुण गाउनै कबि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्न्‌ मूर्ख सही ॥
(१२९)