Jump to content

Page:Shakuntala.pdf/154

From Nepali Proofreaders
This page has not been proofread

वन कोपिलासरि फुल्दथिन्‌ ।
सुकमारदार॒ शकन्तला ॥
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका परी ॥
(१)

दृग झुक्दथे सखिका अघि ।
रसिलो लिई डर आँसुमा ॥
जब भूपका यश वर्णन ।
सखि गर्दथे खुद सामुमा ॥
(६)

मितभाषिणी वनवासिनी ।
अति सोच्दछिन्‌ मनमा कुरा ॥
तर ओठ नन्द सधैँ थिए ।
लजिली हुँदा वन-आँकुरा ॥
(७)

अलि म्लान छन्‌ मृद्‌ ओठमा ।
रँग बैंसका वनपल्लवी ॥
अलि वैलिँदी कलिकोमला ।
छ मुहारको मधुरो छवि ॥
।८)

अलि व्योममा रँग मेघको !
तिर दृष्टि दीकन एकली॥
दुद ओठमा मृदु अड्गुली ।
दिन खोज्दछिन्‌ दुख झै फुली ॥
(९)

नहिरी हुने अलि प्रशनमा ।
अलि चित्त दुर उड्ेसरि ॥
अलि तारकामनि बस्नकी !
हृदयेच्छु छन्‌ वनबीचमा ॥
(१०)