आशा फेरि उचाल्दछे पलक ती हेछर्घौ यसो चेहरा ।
झन्झन् भू अन खुम्चिई नृपति ती छन् वृष्टिका झै चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो क्नै पर्वते ।
देख्दो झै कहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
(१३७)
यस्ती चाल छ कालको र विधिको भन्नै नुझे यै क्षण ।
पानी मात्र बनी परी पयरमा माग्ध्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अन ।
लागी घाउ छ लाल लाल सन त्यो चीरा परी नीरव ॥
(१३८)
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त स्न्दरमना आँखा हने प्रेमले ।
अख्चो आज दशा लिई निठुर छै हा ! सम्झ ती आँसु छन् ॥
(१३९)
मानो जीवनको महारिखरमा देखी सुनौला यश ।
ढिली छक्क ननेसमान घनले छल्दा निलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
स्वर्गको सन ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झक्दी बगी निर्जल ।
चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥
नल्लीले क्रतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हँदा खबर नै बन्दा अँध्यारो दिन ।
रोएकी नफ््लेर नर्बर गरी जस्तो भयो त्यो मन ॥
(१४०)
चखेवी प्याराको विरहरहमा रात सकिई ।
अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
"भयो कै यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
(१४१)
Page:Shakuntala.pdf/298
Appearance
This page has not been proofread
