Jump to content

Page:Shakuntala.pdf/276

From Nepali Proofreaders
This page has not been proofread

काही छन्‌ वस्त्र रब्गी पहिरन हलुका छन्‌ परी वस्त्र-त्‌ल्य ।
राम्रा बुट्टा लिएका धरि थरि रंगका कोमलाब्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
(११)

लामा लामा फलामै गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काही छन्‌ चित्रै राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
धेरै श्रीक्ष्णका नै | शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
(१२)

राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काही सीता उज्याली दशारथसुतका साथ सिहासनैमा ।
काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
(१३)

धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गृढ गूढ ।
काहीं ब्रहमाण्ड २० मा रेँग रेँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशाय छ मिही कामको क्या किनारा ।
नुट्न छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
(१४)

काही छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
पूजासामा कही छन्‌ रँग र₹ँग त्यसमा धूप औँ चन्दनादि ॥
माला राता र सेता नहविध थलिया धूप औ कड्कमादि ।
राम्रा यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
(१५)

काही छन्‌ पानवाली जलभर थधलियामा नुहाएर पान ।
राम्रा भूचञ्चला ती मुसुमुसु मुखका नातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
(१६)