"राजा दुष्यन्तको होस् जय जय जय" यो लेखिएको सुनौला ।
स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल ।
छोडिदिन्छन् सिपाही जतिजति त्यसमा गर्न खोज्छन् प्रवेश ॥
(५)
जाँच्दा ती कण्वजीका अनुचर नुझिई गौतमी कण्वपत्नी ।
आएका छन् भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥
यौटा लाग्यौ अगाडि प्रनलयश महान् भूपप्रासादसम्म ।
राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥
(६)
बाटामा देख्दछन् ती घरलहर सफा बान्किला एकनास ।
काही काही उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार ।
लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष उँचा गराई ॥
(७)
राम्रा सौन्दर्यवाला युवति, मृगदुशी भ्यालमा टाँसिएका ।
सौखी छन् माल्यका ती कसुमहरु धरी केशमा जूटदार ॥
सारी एन्गी बिरङ्वी पहिरनहरुका चारु शोभा सुहाइ ।
आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥
(८)
बाटामा छन् बचेका लहर पसलका देख्न राम्रा उज्याला ।
रक्गी चङ्गी कराले खजित बहृधरी लीभका चीजवाला ॥
काही छन् फुल मात्रै बहरस रँगका क्या बडा चारु डाली ।
माला राम्रा उनेका तप तप चहने गुच्छ भुप्पा र जाली ॥
(९)
मग् मग् मग् मग् छ चल्दो परिमल रसिलो भङ्ग मौरी झलाई ।
ती राम्रा पुष्प झुल्छन् मलय पवनमा झै चलेका सजीव ॥
सानो मीठो बगैँचा पसल हुन गई नक्कली बोट पारी ।
मीठा सौन्दर्यका छन् पहिरन कहेँदा 'ल्यौ मलाई मलाई । ॥'
(१०)
Page:Shakuntala.pdf/275
Appearance
This page has not been proofread
