Jump to content

Page:Ek chihan.pdf/106

From Nepali Proofreaders
Revision as of 22:12, 22 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

अट्ठाइस

आज शिव नारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।

शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन् ।

दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार