This page has not been proofread
त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिव नारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइदिए ।