Jump to content

Page:Shakuntala.pdf/261

From Nepali Proofreaders
This page has not been proofread

छन्‌ समृुत्सुका, नजीक ।
आइपुग्दछन्‌ नजीक ॥
अद्दछन्‌ पुगेर शिष्य ।
हातको विशाल आड ॥
उद्दछिन्‌ तिनी विरेख ।
रूपदार काँससार ॥
चाउरी भरी मुहार ।
हेर्ने पौर दृश्य पार ॥
पार पूर्व दख्खिना उ |
स्वर्णचूड उच्च-रशौँल ॥
तुल्य झल्ल के त्यही छ ।
राज-धाम स्वर्गमूल्य ॥
वृद्ध-नेत्र पुग्नलाई ।
यत्न साथलाई ॥
कि "आज रात ।
लग्दछौ त्यहाँ मलाई ?"
(१६)

ती शकुन्तला उठेर ।
नेत्रकी प्रसन्न हेर ॥
लाल वस्त्रको किनारा ।
केश पाश गुच्छदार ॥
सान्ध्य कान्तितुल्य चारु ।
शैलमाथि पुष्पसार ॥
झल्किएर सुस्त हेर्न ।
पौर दृश्य छन्‌ तयार ॥
ओठमाथि अङ्गुली छ ।
दीर्घकोण लम्बिएर ॥
हेर्छु चल्छ बार बार ।
पाइवतर्फ फेरि नेत्र ॥
खोज्दखन्‌ अगाडि दृश्य ।
स्वप्नको समान चित्र ॥
(१७)