This page has not been proofread
बस्न छन् तयार हेर ।
पड्खदार गान लेर ॥
खुर्दुकिलाहरू चढेर ।
स्वर्गतर्फ सूर्यनेर ॥
(१३)
एक पड्ख बोल्छ मिष्ट ।
चारु अआरुमाथि इ्वृष्ट ।
बोल्छ मञ्जरी रिपेर ।
, आधि पुष्पले छिपेर ॥
श्वेत लाल पुष्पभित्र ।
बासदार बातसाथ ॥
"हो कि हो वसन्तको कि ।
काल ? हो कि स्वर्गद्वार ?
होकि होकि ? हुन्छ साँझ ।
हो पुगिन्छ आज आज !"
(१४)
सुस्त सुस्त चल्छ यान ।
पुम्छ हौल-श्ब्ममाथि ॥
अद्छ यान वायु भन्छ ।
"दृश्य क्या अगाडि जाति ॥
अस्त-काल कान्तिबाट ।
झल्मलाउँदो विचित्र ॥
राज-धाम दूरको छ ।
क्या मनोज्ञ प्रस्ट चित्र ॥"
(१५)
खोज्दछन् सुचारु नेत्र ।
दूर झल्ल पौर चित्र ॥
"याम थाम" शन्दसाथ ।
गौतमी उठेर भित्र ॥