This page has not been proofread
प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पृष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिाशु-दृश्य सम्किदा ।
सुखले दुख नुभी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ् आँखा भिजाउँछ ॥
तर सुन्दरता व्रैसग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥
अब ब्राहिर बन्दछिन् तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)
"म कतातिर जान्छु के गरी ।
जब आघार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिाशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?