Jump to content

Page:Shakuntala.pdf/238

From Nepali Proofreaders
This page has not been proofread

मुद्रा बनाएर प्रसन्न हेर्दी ।
देख्िथिन्‌ त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाक्रामा ।
(१०)

आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन्‌ नगरेर देरी ॥"
(११)

समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)

झर्की "म ता जान्नै नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन्‌ ॥
पत्तीहरू्मा छ सहानुभूति ।
अनिश्चितता ती मृुदुलाङ्जिनीमा ॥
(१३)

मुसुक्क मुस्के दुद लाल रेखा ।
मिले ब्वात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन्‌ ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)

प्रियम्वदाका दुग शीघ्र जानी ।
नुझेर भन्छन्‌ "सुनफै छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ जास ॥
१ सूर्ब हेन हातको गुटा ।