लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन् अलि छोपिएकी ।
लज्जासमेत् मनमोहन झै बनाई ॥
(१७)
बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याहनबीच यसको अन चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥
(१८)
सानी बनी लहर भं मृदु मालिनीकी ।
नाच्थिन् तिनी छविमवी सुखसाय चोखी ॥
झल्की घुमेर वनमा रविररिमतुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)
नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥
पीयृषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)
बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन् ।
बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन् ॥
साना मञ्ज् सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा ।
मानो मौमन भाव
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
विपिनका ती मूर्ति छन् मानव ।
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥
(२२)
Page:Shakuntala.pdf/210
Appearance
This page has not been proofread
