Jump to content

Page:Buddhibinodko pahila binod.pdf/18

From Nepali Proofreaders
Revision as of 09:56, 28 April 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

टिपेर सम्पत्ति-सरोजको फुल
शिंगारिने साहस हो ठुलो भुल ॥
धसिन्छ तेही भुलबाट जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४४

बनी विबेकी भुमरो-बराबर
सुँघेर सम्पत्ति-सरोज सुन्दर ॥
सरक्क माथी न बतासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४५

प्रसून सम्पत्ति-सरोजको टिपी
टपक्क लिन्छू म भनी लिंडे-ढिपी ॥
गरेर गिर्छन्‌ छिनमा कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४६

छँदैछ त्यो लाखन जन्मको हिलो
जरूर होला तन त्यो थिलो थिलो ॥
उँधो उँधो फेरि तँ भासिने किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४७