Jump to content

Page:Buddhi binod.pdf/12

From Nepali Proofreaders
Revision as of 20:26, 19 April 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

अनन्त कष्ट व्यवसाय वैदिकी
क्रिया छ जो सोही भलो भनी सिकी ।
बडो बखेडा ऋषिले लिए किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४४॥

डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।
खराब ठान्यो ऋषिवृन्दले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४५॥

यती पछी हुन्छ अवश्य सो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४६॥

त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४७॥

महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।
तथापि आशीष नलागने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४८ढ॥