जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आधै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
'के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।
[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल झैँ बन्छे है ।"
[२४]
आमाले भन्दछिन्
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-
[२५]
"शहरको 'गुम्बुले'
यसको मन बिगार्यो ।
मोतीको दानाले
दोटा डील सिँगार्यो !"
[२६]
"हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना !
हीरा झैँ बूँद साना !
परेला-डीललाई
निचोरी झर्दछन् ॥
कमलमा एक लहर
गोलविन्दु बरबर छन्
क्वै फुटी बीचैमा
पानी झैँ पग्लन्छन् !
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन् !
[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन् ती बिचरी !
[२८]
गम्बोजी भौं गाँठो
पार्दै ऊ भन्दछ-
'किन यो कर्कलो
रोए झैँ बन्दछ ?'
[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !
[३०]
रीसले मैले ता
झल्झल धार झल्काएँ ।
ला थाप् शिर भनेर
Page:Mhendu.pdf/13
Appearance
This page has been proofread
