Jump to content

Page:Mhendu.pdf/29

From Nepali Proofreaders
Revision as of 09:03, 17 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

[४०]
“लौ हेर ज्यान यो पर बन्दी
म कैँ आइमाई बीर हुन्थी ।
सहमानलाई जो रुन्यी ?
हेलिन्छु हेर तादीमा
पछि लाग्ने बीरलाई
राख्नेछु सधैं गादीमा !”

[४१]
यत्ति भनी लमकोसे
हाम्फालिन्‌ ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
एक फिमिक्‌मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
आर्को रह्यो थलमा ॥

[४२]
लहर बोल्छन्‌ तादीका
“नम्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन्‌ तीरमा
हेलम्बुकी वनरानी ॥