Jump to content

Page:Ritubichar.pdf/69

From Nepali Proofreaders
Revision as of 18:53, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२५
पानी कठै छुनासाथ असाध्य ठिहिर्याउँछ ।
बिच्छीका डङ्कको ज्वाला तालुसम्म पुर्याउँछ ॥

२६
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन ।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥

२७
आकाश रुँदिंदै आयो केही मैलोपना धरी ।
भित्री कुकर्मचिन्ताले सतायेको मनैसरी ॥

२८
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी !
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणीसरी ॥

२९
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन ।
उज्यालो मुक्तचेष्टा झैं नष्ट भो सूर्यदर्शन ॥

३०
रुँदका रूपमा यद्वा शीतव्याकुल लोकको ।
आकाशमा गिर्यो लामू पर्दा मलिन शोकको ॥

३१
हिमको तकिया तानी ओढी त्यो रुँदसीरक ।
आफैं शिशिर लेट्यो कि पन्छाई रविदीपक ?

३२
हटदैन बिना बूँद मैलो रुँद कसै गरी ।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥

३३
दिक्कगर्छ सबैलाई माघको सिम्सिमे झरी ।
ज्यादा कचकचे चाङ्ने घरखोते बुढोसरी ॥