Jump to content

Page:Ritubichar.pdf/42

From Nepali Proofreaders
Revision as of 18:42, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अथ
शरद्-विचार


गयो बहाड वर्षाको, खडा भो रसिलो शरद् ।
अर्कै स्वरूपमा निस्क्यो कविको कल्पना जगत् ॥


निस्के घनघटा फोरी देखाई भरिलो छवि ।
अविद्याजाल तोडेको इलमी राष्ट्र झैं रवि ॥


धेरै कालपछी मिल्दा मित्रदर्शनको सुख ।
डुब्यो आनन्दमा लोक लगाई हँसिलो मुख ॥


लोकोपकारमा खर्ची अनन्त जलसम्पति ।
मनस्वी धीर झैं मेध बन्यो शान्त मुनिव्रती ॥


कहाँ कालो कडा कान्ति, कहाँ गर्जनतर्जन ।
मेघले जलका साथै त्यागेछ सब दुर्गुण ॥


परोपकारव्रतले गलेका मेघ पावन ।
प्रतिपच्चन्द्ररेखा झैं देखिन्छन् मनमोहन ॥