Jump to content

Page:Ritubichar.pdf/41

From Nepali Proofreaders
Revision as of 18:42, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥

९८
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी ।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी ॥

९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ?

१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥

१०१
हुन त मधुर मेरो छैन वर्षाविचार
नजर गरनुहोला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥

इति वर्षा-विचार