Jump to content

Page:Ritubichar.pdf/40

From Nepali Proofreaders
Revision as of 18:33, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी ।
वियोगिनी निभायेका कालका दूतिकासरी ॥

८९
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी ।
मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी ॥

९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥

९१
गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?

९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥

९३
लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?

९४
घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, घूमघाम तमाम भो ॥

९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि ॥

९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥