Jump to content

Page:Ritubichar.pdf/30

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अथ
वर्षा-विचार


ग्रीष्मको गरमीभित्र घुमी खायेर चक्कर ।
कविको लेखनी दौड्यो वर्षावर्णनखातिर ॥


प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आईपुगी प्रिया वर्षा, वर्षतुल्य बने दिन ॥


समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा ।
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा ॥


सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन ।
मानोमयूर उफ्रन्छ लोकको दङ्ग भैकन ॥


छोडी क्षितिजको रेखा सुस्तसुस्तै उँभोतिर ।
मैनाकतुल्य त्यो कालो उठायो मेघले शिर ॥


देखिन्छ नयनाऽऽनन्दी उसकी कान्तिमाधुरी ।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी ॥