This page has not been proofread
९८
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी ।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार