Jump to content

Page:Ritubichar.pdf/23

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

४४
बिउँझ्यो मृत्तिमूर्छाको अन्त्यमा बासनासरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!

४५
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥

४६
भीष्मसन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल ।
कृष्णकादम्बिनीशून्य जुवा झैं छ नभस्तल ॥

४७
कराउँदै घुमेको छ काकाकूल घरीघरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी ॥

४८
मेघमार्ग घुमी सारा नपाई मेघदर्शन ।
त्यो मेघभक्त लाग्यो कि मेघमह्लार गाउन ?

४९
अथवा त्यो गई माथि विधातासँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?

५०
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभोतिर ॥

५१
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाशगङ्गाको गर्छ त्यो उग्र खोजनी ॥

५२
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभोतिर ?