Jump to content

Page:Ritubichar.pdf/20

From Nepali Proofreaders
Revision as of 18:24, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१७
सानातिना नदीनाला नामशेष बने सब ।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?

१८
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
विरसी मूर्खको क्रूर चित्त झैं धर्मसङ्कुल ॥

१९
बालुवा टेकनासाथ पैतालाकन पोल्दछ ।
पादप्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥

२०
टाढा टिलपिलायेको जल जस्तै मनोहर ।
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर ॥

२१
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम ।
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम ॥

२२
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ ।
पानीका भानले कोही दौडँदै अगि सर्दछ ॥

२३
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
झल्कन्छ आँशुका साथै कठै दुर्भाग्यको छल ॥

२४
घामैको डरले हो कि ? ठूला नदनदी सब ।
लुकाई लहरीनृत्य खस्के तलतलै अब ॥

२५
श्वासप्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
गर्छन् पहाडिया खोला डण्डूरैभित्र हुन्हुन ॥