Jump to content

Page:Ek chihan.pdf/9

From Nepali Proofreaders
Revision as of 15:03, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।

"डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनु भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।" शिव नारानले आशाजनक भावमा भने ।

"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।"

"यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने ।

"हो ?"

"हो, डाक्टरसाहेब !"

"त्यसो भए लौ हिँडौं त ।"