This page has not been proofread
१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें ॥
१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा ॥
१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदैवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैका आँखामा अति जहरिलो नाग म थियें ॥