This page has not been proofread
दशम विश्राम
१
क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधिभावना ।
अमृतद्रव झैं बनीकन
बहँदै गो फिर कर्णपावन ॥
२
जगत्मा सल्केको निलिकन सबै मानवपना
असन्तोषी दोषी अति विकट त्यो दानवपना ।
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा
रुँदै बाधा पोखें प्रकृतिजननीका पयरमा ॥