This page has not been proofread
१२
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी ।
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥
१३
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा ।
म गन्थें बाटोमा निशिदिन कठै । जीवनघडी
मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी ॥
१४
जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा ।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन ॥
१५
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका ।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो ॥