Jump to content

Page:Buddhi binod.pdf/12

From Nepali Proofreaders
Revision as of 15:47, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

अनन्त कष्ट व्यवसाय वैदिकी
क्रिया छ जो सोही भलो भनी सिकी ?
बडो बखेडा ऋषिले लिए किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।
खराब ठान्यो ऋषिवृन्दले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

यती पछी हुन्छ अवश्य यो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।
तथापि आशीष नलागने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥