This page has not been proofread
नगुमाऊ ज्यान, पयर पर
नबन गुमानी ।
(५)
आँखामा काला बलेर ज्वाला
धधक धधक् भो
नझक्ने शिर भारत वीर
ठाडाको ठाडै कड्केर भन्छन्
"तँ मेरो दुश्मन !
मुसल्मान् हिन्दू लङ्का र सिन्धु
कहिल्यै हुन्नन् धर्ममा बन्धु
त हार्ने छोटो
म जित्ने हूँला,
धर्ममा मेरै, कर्ममा मेरै
स्वर्गको बाटोमा ।
ज्यानको खेद चढाउन पाइन
यी वचन तेरा निभाउन पाइन
तँ पयर परी माफीले मेरो
बन्धुको रगत
भारतको आँशु
बहाई बसिस् विजेता सम्झी
उठूला भरे बराबर ब्यूझी
तँलाई हटाउन ।
वीरको खाकमा आगोको ज्वाला
शरीरको मिथ्या के सत्य जाला ?
ले मेरा मासु ले मेरा बोक्रा
लगाएस् धाक डिल्लीमा खोक्रा
यी यस्ता संसार हजार घुमे
यी यस्ता चोला, हजार थोत्रे,
फालेर हिँड्थे सम्झेर उत्रे
फाटेको छाती फटाइदे तैंले
जिउनको इच्छा गर्न ता मैले
नरकको बाटो ली जानु अहिले