आमा ! कसरी बिझाएँ ?
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा ! भनेको ठाउँमा !
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्यो,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो !
फर्क न फर्क हे मेरी आमा ! माथि नै हेछर्यौ नि !
उठाई औँला माथि नै आमा ! इशारा गछर्यौ नि !
आमा ! कलेजा चिछ्र्यौ नि !
लौन नि ! लौन !' भनेर उठे मदन जुरुक्क,
मूच्र्छामा परे पाउमा, देखी गलाको हिरिक्क !
छोराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क ।
हा कठैबरी ! ती बूढी घुरुक्क !
•
'भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ?
आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन् !'
'हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा,
मावल जान ती बिदा भइन् बिछोड परेमा !
ह्लासामा जाँदा बिछोड परेमा !'
'स्वर्गमा गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?'
'बुहारी मध्ये कुँदेको हीरा भएर बिरामी,
मागेर बिदा सबैका साथ सार्है नै बिरामी !
भएर गइन् सार्है नै बिरामी !'
'कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?'
Page:Munamadan.pdf/44
Appearance
This page has not been proofread
