This page has not been proofread
अन लता, तर औ तृण,- पात नैं ।
मधुर दोलन ताल दिने भए ॥
गगनमा छवि लाल सबैतिर ।
मदनकी मदिरा रँगिली बनी ॥
(७२)
अब दिवाकर राज्य अनङ्गको ।
झलल पार्न गई जलमा डुबे ॥
कमलिनी उरमा भैँवरो धरी ।
नयन चिम्लिननिम्ति तयार छ॥
(७३)
हरर मग्मग बासहरू चले ।
मृदु समुच्छूवसित प्रणया$$सव ॥
मधुर भै दिनको प्रखर प्रभा ।
तरु गलासँग बद्ध छ कामिनी ॥
(७४)
किसलयी अबला कुचकोमला !
मधुर पर्न ढिटी पिकको गला ॥
'शरमलाल उरोरुह छेक्दथी ।
अब फुकी अगगुण्ठन फ्याँक्दछे ॥
(७५)
सुरभिका शरले उर भेदिने ।
विविध रङ्ग दिईकन भावमा ॥
रति-मनोरमको रजनी सफा ।
अन छ शासन हेर सुवासको ॥
(७६)
मधुर काम जगाउन गाउँथिन् ।
नरम नर्तनमा मृदुकामना ॥
कुसुमतुल्य हुने रेँगमा झरी ।
शावल भै मनका मृदु बागमा ॥
(७७)