This page has not been proofread
मदनशासनकाल धरातिर ।
मृदुलपड्ख रंगीन सुरेख भै॥
कुसुमरम्य उडीकन आउँछन् ।
पवनमा हलुका गतिले झरी ॥
(३४)
नजर सूक्ष्म नभै नरको तर ।
गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन् लघु-पड्ख-प्रचालिनी ।
सुरपुरी वनकी, कुसुमाङ्गिनी ॥
(३५)
मधुर छन्द थियो कविता परी ।
प्रकृतपड्ख लिएर बहेसरि ॥
सुनहलापन बीच रमाउँदो ।
हृदय सिर्जनको नव बागमा ॥
नजरले सुखका क्षण शान्तमा ।
अलसपड्ख गरी पृथिवी सब ॥
हृदयरम्य विहार बनाउँदा ।
जलदरङ्ग लिँदो मृदु भागमा ॥
(३६)
सुनहला चिडियासरि साँझकी ।
अब बराबर हाँकिन वेगले ॥
अनि बराबर लाउन चक्कर !
उरअगाडि दिईकन बैंसका ॥
लहरले, रस चारु घकेलिने-
जलद फुल्छ जहाँ तहमा तह ।
गगनमा सुषमा अब ओर्लिइन्॥
(३७)
हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की ।
चरिदशामन्दिरद्वार खुलाउँदी ॥
वचनवर्णन धूसर पार्दछिन् ।
अवनिमा गह दी मनमोहिनी ॥
(३८)