Page:Shakuntala.pdf/12: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । | झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । | ||
कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥ | ::कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥ | ||
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" । | "रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" । | ||
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥ | ::भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥ | ||
(३५) | {{pcn|(३५)}} | ||
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली । | हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली । | ||
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥ | ::राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥ | ||
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा । | पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा । | ||
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥ | ::अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥ | ||
(३६) | {{pcn|(३६)}} | ||
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख । | पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख । | ||
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥ | ::शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥ | ||
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता । | जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता । | ||
भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ॥। | ::भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ॥। | ||
(३७) | {{pcn|(३७)}} | ||
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा । | चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा । | ||
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥ | ::चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥ | ||
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी । | मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी । | ||
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥ | ::स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥ | ||
(३८) | {{pcn|(३८)}} | ||
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी । | स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी । | ||
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥ | ::लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥ | ||
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा । | नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा । | ||
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥ | ::पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥ | ||
(३९) | {{pcn|(३९)}} | ||
माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ । | माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ । | ||
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥ | ::ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥ | ||
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो । | झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो । | ||
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥ | ::टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥ | ||
(४०) | {{pcn|(४०)}} | ||
</poem> | </poem>}} |
Revision as of 00:31, 8 February 2025
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
(३५)
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥
(३६)
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
(३८)
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
(३९)
माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ ।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥
(४०)