Page:Shakuntala.pdf/11: Difference between revisions
→Not proofread: Created page with "<poem> अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी । बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ।। मातालाइ शकुन्तला छ करमै ‘थप्या’ र ‘थप्या’ दिन । भज्ने स्वर्ग छ पाउने झिलिमिली देख..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी । | अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी । | ||
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा | बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ॥ | ||
मातालाइ शकुन्तला छ करमै | मातालाइ शकुन्तला छ करमै 'थप्या' र 'थप्या' दिन । | ||
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण | भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥ | ||
२९ | (२९) | ||
देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर । | देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर । | ||
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल | यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥ | ||
नाचून् पात्र सजीवतासँग यहाँ | नाचून् पात्र सजीवतासँग यहाँ हृद्रङ्गमा देशको । | ||
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा | थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥ | ||
(३०) | (३०) | ||
ठूला नीति सिकून्, प्रजाहरु सिकून् | |||
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी | ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी । | ||
जानून् गर्न | ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥ | ||
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन | जानून् गर्न विलाश दिव्य यसमा सारा नवाबी जन । | ||
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥ | |||
(३१) | (३१) | ||
हामी बालक हौँ भुलेर युग यो क्रूर कोलाहल । | हामी बालक हौँ भुलेर युग यो क्रूर कोलाहल । | ||
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक | बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥ | ||
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा । | यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा । | ||
ल्याऔँला नवगन्ध पुष्प हँसिला | ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥ | ||
(३२) | (३२) | ||
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी | पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी | ||
गालाबीच गुलाफका | गालाबीच गुलाफका कमल झैँ सेतो चढाइ कर ॥ | ||
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी । | फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी । | ||
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी | मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥ | ||
(३३) | (३३) | ||
प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी । | प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी । | ||
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि | प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥ | ||
मारी चारु कटाक्ष ती तब भनून् | मारी चारु कटाक्ष ती तब भनून् "भुल्छन् कसोरी नर" । | ||
"भुल्नेछन् भँवरा, म भुल्दिनँ" भनी प्रेमी दिऊन् उत्तर ॥ | |||
(३४) | (३४) | ||
</poem> | </poem> |
Revision as of 02:27, 24 January 2025
अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ॥
मातालाइ शकुन्तला छ करमै 'थप्या' र 'थप्या' दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥
(२९)
देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥
नाचून् पात्र सजीवतासँग यहाँ हृद्रङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥
(३०)
ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी ।
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥
जानून् गर्न विलाश दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥
(३१)
हामी बालक हौँ भुलेर युग यो क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥
(३२)
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी
गालाबीच गुलाफका कमल झैँ सेतो चढाइ कर ॥
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी ।
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥
(३३)
प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥
मारी चारु कटाक्ष ती तब भनून् "भुल्छन् कसोरी नर" ।
"भुल्नेछन् भँवरा, म भुल्दिनँ" भनी प्रेमी दिऊन् उत्तर ॥
(३४)