Page:Bhikari.pdf/43: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१२ | {{pcn|१२}} | ||
जाडो तमोमय निशाहरुमा मिलेर | जाडो तमोमय निशाहरुमा मिलेर | ||
:::बाल्छन् अनेक बटुलेर झिँजा र झार । | :::बाल्छन् अनेक बटुलेर झिँजा र झार । | ||
Line 7: | Line 7: | ||
:::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ | :::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ | ||
१३ | {{pcn|१३}} | ||
आनन्दले अधिक उज्ज्वल उच्चताले | आनन्दले अधिक उज्ज्वल उच्चताले | ||
:::हेरेर त्यो ज्वलन गद्गद उच्चताले । | :::हेरेर त्यो ज्वलन गद्गद उच्चताले । | ||
Line 13: | Line 13: | ||
:::क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥ | :::क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥ | ||
१४ | {{pcn|१४}} | ||
वेदान्त, वेद उसका सब काम गर्नु | वेदान्त, वेद उसका सब काम गर्नु | ||
:::उस्का विलास दिलमा सुख, शान्ति भर्नु । | :::उस्का विलास दिलमा सुख, शान्ति भर्नु । | ||
Line 19: | Line 19: | ||
:::गर्छिन् सधैं प्रकृतिले उसमा प्रभाव ॥ | :::गर्छिन् सधैं प्रकृतिले उसमा प्रभाव ॥ | ||
१५ | {{pcn|१५}} | ||
छन् दिव्य दर्शन अनेक मुना मुनामा | छन् दिव्य दर्शन अनेक मुना मुनामा | ||
:::सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा । | :::सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा । |
Revision as of 00:06, 8 February 2025
This page has been proofread
१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन् अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥
१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्वलन गद्गद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥
१४
वेदान्त, वेद उसका सब काम गर्नु
उस्का विलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन् सधैं प्रकृतिले उसमा प्रभाव ॥
१५
छन् दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुस्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?