Page:Bhikari.pdf/35: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । | जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । | ||
८ | {{pcn|८}} | ||
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश | यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश | ||
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु । | त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु । | ||
Line 10: | Line 10: | ||
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥ | आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥ | ||
९ | {{pcn|९}} | ||
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा | यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा | ||
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै । | लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै । | ||
Line 16: | Line 16: | ||
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥ | आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥ | ||
१० | {{pcn|१०}} | ||
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि | फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि | ||
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू । | फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू । |
Revision as of 00:00, 8 February 2025
This page has been proofread
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।
८
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥
९
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥
१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू ।
नाच्छिन् यो पृथिवी शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥