Jump to content

Page:Shakuntala.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि । अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।। बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली । होली कान्तकला कपोल–कलिला लज्जावती लाल..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ।।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा
(१७)
(१७)
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ।।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याक्दो छ रित्ता सब ।  
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।  
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ।।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु
(१८)
(१८)
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ।।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
“पुग्छिन् सागर’’ भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ।।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही
(१९)
(१९)
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चकचके
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके
“सक्तैनस्” यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ।।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन
(२०)
(२०)
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ।।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरु वामन ।।
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन
(२१)
(२१)
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी
उर्लेको खहरे तिनै सुर  लिई हाम्फल्नको हड्बडी ।
उर्लेको खहरे तिनै सुर  लिई हाम्फल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ।।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी
(२२)
(२२)
</poem>
</poem>

Revision as of 02:10, 24 January 2025

This page has been proofread

भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)

भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)

दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)

के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)

कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)

गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
(२२)