Page:Bhikari.pdf/6: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
हेर, हेर ती झुत्रा, चिथरा | हेर, हेर ती झुत्रा, चिथरा | ||
:::हाय ! हे समय निष्ठुर । | :::हाय ! हे समय निष्ठुर । | ||
जीवनपथमा बिचार पथरा ! | |||
:::काँपिरहेको थुरथुर । | :::काँपिरहेको थुरथुर । | ||
झल्लर झोली बढाउँछ, बबुरा । | झल्लर झोली बढाउँछ, बबुरा । |
Revision as of 03:15, 31 January 2025
This page has been proofread
भिखारी
१
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
२
हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर ।
जीवनपथमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।
३
बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेको।