Jump to content

Page:Satya harihschandra katha.pdf/6: Difference between revisions

From Nepali Proofreaders
Bmal (talk | contribs)
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
अरु छैन केही बुझील्यौ मनैमा ॥
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखत्‌मा ।
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखत्‌मा ।
गाईने हरिइचन्द्रका झैं सहज्‌मा ॥
गईने हरिइचन्द्रका झैं सहज्‌मा ॥


{{pcn|(९)}}
{{pcn|(९)}}

Revision as of 10:34, 2 July 2025

This page has been validated

(८)
सुन्यौ सत्यका झैं ठुलो यो जगत्‌मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखत्‌मा ।
गईने हरिइचन्द्रका झैं सहज्‌मा ॥

(९)
हे राजन्‌! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान्‌ क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥

(१०)
एक्‌दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन्‌ तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान्‌ नहूँदा महाँ ॥
सोध्नूहोस्‌ गुरुका गएर सँगमा कुन्‌ कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥

(११)
सन्तान्‌देखि रहित्‌ भएर रहँदा भन्छन्‌ अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप्‌ गरेर दुखि भै रोइन्‌ ति रानी अनि ।
संझाईकन रानिलाइ सब बात्‌ ऊठे ति राजा पनि ॥