Page:Lalitya bhag 1 ra 2.pdf/145: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा ::गर्छ्यौ टाढै भए तापनि तिमि रसको माधुरी-वृष्टि गाढा । खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती ::सो..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा | तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा | ||
:: | ::गछ्र्यौ टाढै भए तापनि तिमि रसको माधुरी-वृष्टि गाढा । | ||
खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती | खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती | ||
::सोझै आएर माथी अमर पद पनी पाउँदो हो कि ? छाती ॥ | ::सोझै आएर माथी अमर पद पनी पाउँदो हो कि ? छाती ॥ | ||
Line 23: | Line 23: | ||
::मेरो सौन्दर्यमाथी छिनछिन किन यो लीन भैजान्छ मानू । | ::मेरो सौन्दर्यमाथी छिनछिन किन यो लीन भैजान्छ मानू । | ||
भन्ने आश्चर्य केही दिलबिच चढला, त्यो तिमी दूर फाल | भन्ने आश्चर्य केही दिलबिच चढला, त्यो तिमी दूर फाल | ||
:: | ::ब्रह्माकै सृष्टिदेखिन् तिमिसित गरदो छू सधैँ अङ्कमाल ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:30, 25 June 2025
(४)
तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा
गछ्र्यौ टाढै भए तापनि तिमि रसको माधुरी-वृष्टि गाढा ।
खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती
सोझै आएर माथी अमर पद पनी पाउँदो हो कि ? छाती ॥
(५)
टाढादेखिन् खसेका विरल किरणको मन्द आभास मात्र
आँखाले पान गर्दा यसरि मन हरे ! हर्षको बन्छ पात्र ।
साँच्चैकी मूर्तिधारी तिमिकन म यहाँ पाउँदो हूँ त प्यारी !
भर्थे लाखौँ भकारी छिन छिन सुखका भूतलै स्वर्ग पारी ॥
(६)
अम्बा जम्बै बिकम्बा अरुचि छ लिचिमा, पाप झैँ आँप लाग्यो
फोस्रो मिश्री, मिठाई मह दह बहको, दाखको चाख भाग्यो ।
तिम्रो त्यो कान्तिधार फगत टुलुटुलू हेरदामा मलाई
संसारै प्राणप्यारी ! सकल हुन गएको छ खाली मलाई ॥
(७)
एक्कासी 'प्राणप्यारी' भनिकन यसरी जङ्गली जीव सानू
मेरो सौन्दर्यमाथी छिनछिन किन यो लीन भैजान्छ मानू ।
भन्ने आश्चर्य केही दिलबिच चढला, त्यो तिमी दूर फाल
ब्रह्माकै सृष्टिदेखिन् तिमिसित गरदो छू सधैँ अङ्कमाल ॥