Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/130: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} आब्रह्म, भुसुना, तृण, वृक्षतकका प्रणीहरू खम्बा सरि ::छन्‌ भित्र मसिना तार मनका उनका कसेका बेसरी । सङ्कल्पको नै चर्को करेन्ट-ज्वाला निरन्तर चल्दछ ::रङ्गित गु..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 15:03, 25 June 2025

This page has been proofread

(४)
आब्रह्म, भुसुना, तृण, वृक्षतकका प्रणीहरू खम्बा सरि
छन्‌ भित्र मसिना तार मनका उनका कसेका बेसरी ।
सङ्कल्पको नै चर्को करेन्ट-ज्वाला निरन्तर चल्दछ
रङ्गित गुलुपको बीच वासनाको ज्योति झकाझक बल्दछ ॥

(५)
यो विश्व-जीवन-बिजुली निकाल्यो, त्यो विश्वकर्मा दङ्ग भो
झलमल्ल झल्क्यो यो विश्व सारा उसलाई अर्कै रङ्ग भो ।
सब झ्याल खोल्यो उस नाचघरका आफू बस्यो दर्शक बनी
लीला सुरु भो अद्भुत नटीको जम्मा भए नटुवा पनि ॥

(६)
मालिकनी भै गर्छे नटीले जुन जुन इशारा त्यै सब
नटुवाहरूले फिर गर्न थाले नृत्य-क्रियाको उत्सव ।
दर्शक बनेको त्यो विश्वकर्मा त्यै देखदा अलमस्त भो
देखिन्न अर्को मै एकलो छू भन्ने अत्याहट अस्त भो ॥

(७)
थोत्रा पुराना सामान पुर्जा प्रत्येक आफैँ हेरदै
जस्तो जहाँ जो चाहिने हो त्यस्तो त्यहाँ त्यो फेरदै ।
हर्दम्‌ तमासा हेर्ने तमासे त्यो विश्वकर्मा धन्य हो !
यो विश्व जसका भित्री नजरमा न त अन्य हो अनन्य हो ॥