Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/126: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्यारो ! स्निग्ध ! पयोद ! याद सब त्यो, त्यो शक्ति, उत्साह त्यो ::त्यो स्फूर्ति, प्रतिभा, प्रभातमय त्यो सम्पूर्ण वेला बित्यो । ढल्क्यो जीवन-भानुको मधुरिमा, अर्कै..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:22, 24 June 2025

This page has been proofread

(४)
प्यारो ! स्निग्ध ! पयोद ! याद सब त्यो, त्यो शक्ति, उत्साह त्यो
त्यो स्फूर्ति, प्रतिभा, प्रभातमय त्यो सम्पूर्ण वेला बित्यो ।
ढल्क्यो जीवन-भानुको मधुरिमा, अर्कै छटा फैलियो
हेर्दा बाहिर यो प्रपञ्च-सुखको शोभा सबै मैलियो ॥

(५)
त्यो तिम्रो स्मित, मान, मोह, ममता त्यो दिव्य वाङ्माधुरी
त्यो छाया, छवि शीतलो सरसता, सौहार्दको त्यो झरी ।
सम्झन्छू मनले बडो प्रणयले त्यो सम्झँदामा पनि
बाधा हुन्छ मलाइ, धर्र सहसा धर्कन्छ यो जीवनी ॥

(६)
प्यारो ! मेघ तिमी सहर्ष जसरी खेल्छौ महाऽऽकाशमा
त्यै चालासित आज दैवगतिले मेरो हृदाकाशमा ।
खेलेको छ घुमी सबैतिर ठुलो वैराग्यको बादल
त्यो क्यै जान्दिनँ, झर्छ शान्ति-जल वा वर्षन्छ वर्षोपल ॥

(७)
भोगाऽऽशामय जो असाध्य मसिनू तीखो विषालू सियो
भित्री जीवनको अतर्क्य तहमा पैले बिझेको थियो ।
त्यै घाऊ सब रागियो, उकुच भो, व्यामोहको सैन भो
तेसैको पिरले घट्यो बल सबै, चौपट्ट बेचैन भो ॥